मोटरसाइकल र साइकल आपसमा ठोक्किदाँ एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चितवन, ९ कार्तिक । चितवनको खैरहनीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

खैरनी नगरपालिका–१० स्थित भित्री सडकमा १३ प २८९७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरीको मृत्यु भएको हो।

विपरित दिशाबाट आएको साइकलसँग ठोक्किदाँ गम्भिर घाइते बनेका चौधरीको उपचारका लागि अस्पताल लैजाँने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);