बोक्सी भन्दै महिलालाई खुकुरी तताएर डाम्ने युवती पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, ९ कार्तिक । बोक्सी लागेको भन्दै झारफुक गर्ने नाममा एक महिलालाई फलाम तताएर डाम्दै कुटपिट गर्ने एक युवतीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

शरिरमा बोक्सी लागेको भन्दै गाँउकी ४५ वर्षकी महिलालाई खुकुरी तताएर डाम्दै कुटपिट गरेकी तुम्वेवा गाँउपालिका ३ बस्ने २६ वर्षकी लिपा भनिने दिव्यानी माङ्लाकलाई प्रहरीले प्रक्राउ गरेको हो ।

पाँचथरका प्रहरीका अनुसार पीडित महिलाले उजुरी दिएपछि माङ्लाकलाई पक्राउ गरिएको हो । प्रहरीले जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);