प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा रासस भवन शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार संस्था राष्ट्रिय समाचार समितिको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागेको हो।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम अघि बढाएको छ। उसले आगामी २०७६ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेछ। नवनिर्माणका लागि आवश्यक आर्थिक सहयोग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपलब्ध भई अत्याधुनिक चारतले भवन निर्माण हुनेछ। भवनमा सामाचार, अडियो, भिडियो र फोटो सेवालाई समयसापेक्षरुपमा सप्रेषण गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुनेछ।

निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र विसं २०१७ वैशाख ३० गते स्थापना भएको सगरमाथा संवाद समिति (ससस)  गाभिएर राष्ट्रिय संवाद समितिको गठन भएको थियो। स्थापनाको १० वर्षपछि संवाद समितिलाई राष्ट्रिय समाचार समितिमा रुपान्तरण गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);