ललितपुर । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटीको बैठक लगत्तै अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी बैठक बस्ने भएको छ ।
यसअघि ललितपुरस्थित तुलसीलाल स्मृतिमा पार्टीको १० औं केन्द्रीय कमिटीको बैठक बसेको थियो । सो बैठक लगत्तै ओलीले आफ्नो निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाउन विषयमा छलफल हुने बताइएको छ ।
यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपालसहित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे अल्टिमेटम सहित स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
त्यसैगरी सो बैठकले एमाले विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बँदे सहमति अनुमोदन गरेको छ ।
आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका माधवकुमार नेपाल सहित २२ सांसदहरुले फ्लोर क्रस गर्दै देउवालाई मत दिएका थिए । जसमा ओली पक्ष कै ८ सांसदहरु समेत रहेका छन् ।