कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

काठमाडौं, ९ कार्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन्।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन्। आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको हो। आजको राजधानी दैनिकमा खबर छ।

ताजा समाचार