बालकोटमा प्रचण्ड र देवी ज्ञवालीको भेटपछि पुत्र प्रकाशसंग 'सेल्फी' | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं । बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भरतपुर महानगरका मेयर उम्मेदवार देवी ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। पार्टी अध्यक्ष निवास पुगेका ज्ञवालीले प्रचण्डसँगको भेटलाई संयोग भएको बताए। ‘म हाम्रो पार्टीका अध्यक्षलाई भेट्न उहाँकै निवास पुगेको थिएँ। त्यही माओवादी अध्यक्ष प्रचण्ड पनि पुग्नुभयो’, ज्ञवालीले भने, ‘उहाँ बालकोट आउने जनकारी मलाई थिएन, उहाँ आउनुभयो उहाँले अध्यक्षसँग कुरा गर्दागर्दै मलाई बोलाएर कुराकानी गर्नुभयो, संयोगले उहाँसँग भेट भयो।’

ज्ञवालीले प्रचण्डसँगको शिष्टाचार भेट भएको र सकारात्मक कुराकानी भएको बताए। ‘विगतको विषयमा भन्दा वाम गठबन्धन र वाम एकतालाई व्यवहारिक कार्यान्वयन गराउन क्रियाशील हुने विषयमा कुराकानी भयो’, ज्ञवालीले भने। चितवनको भरतपुर महानगरको मेयर पदमा प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन कांग्रेस र माओवादीले गरेको गठबन्धन पीडादायी र दु:खदायी भए पनि त्यो अतित भएकाले आज सकारात्मक कुराकानी भएको ज्ञवालीको भनाइ छ। ‘विगतमा घटेका घटना पीडादायी र दुःखादायी छन्।

तर, ति विषय अतित बनिसके,’ ज्ञवालीले भने, ‘अतितका कुरालाई कोट्याएर भविष्य अगाडि बढ्दैन प्रचण्डले करिब पाँच मिनेट ज्ञवालीलाई सँगै राखेर कुराकानी गरेका थिए। ज्ञवालीले पुराना विषय बिर्सिएर वाम एकताको पक्षमा धारणा राखेपछि दुवै अध्यक्ष खुशी भए। प्रचण्डले ज्ञवालीले उच्च राजनीतिक चरित्रको प्रदर्शन गरेको भन्दै उनको प्रशंसा गरे भने ओलीले ज्ञवालीको धारणप्रति खुशी व्यक्त गरे।

प्रचण्डले आफूलाई राजनीतिक जेन्टलमेनको संज्ञा दिएको ज्ञवालीले बताए। प्रचण्डले चाहिँ तपाईंलाई के भन्नुभयो भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने, ‘तपाईंमा एउटा राजनीतिक जेन्टलमेनको रुप देखेको छु, त्यसले हामी सबैलाई खुशी तुल्याएको छ। आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);