माधव नेपालको घरतर्फ कसैले आँखा लगाए भौतिक कारबाहीमा उत्रिने नवगठित अखिल फोर्सको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

माधव नेपालको घरतर्फ कसैले आँखा लगाए भौतिक कारबाहीमा उत्रिने नवगठित अखिल फोर्सको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

बिहीबार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा ५ सय १ सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताए । उनले वरिष्ठ नेता नेपाल लगायतका आफ्ना नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहारहरु प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताए ।

अध्यक्ष पराजुलीले सामाजिक सञ्जालमार्फत् आफ्ना नेताहरुलाई गाली गरिरहेको भन्दै उनीहरुलाई भौतिक रुपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गरे ।

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरु बाहिर आएको भन्दै माधव नेपालको घर तर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरु भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिए ।

Leave a Reply