योगेश भट्टराईले किन गरे युथ फोर्स र अखिल फाेर्स खारेजीको माग ? | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

योगेश भट्टराईले किन गरे युथ फोर्स र अखिल फाेर्स खारेजीको माग ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोसै र अखिर फोर्सको खारेजीको माग गरेका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ऐतिहासिक र गौरवशाली ईतिहास भएका अनेरास्ववियू र युवा संघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फार्स र अखिल फोर्सको खारेजीको माग गरेका हुन् ।

पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौं युवाहरुलार्य राजनीतिक बैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्न सक्ने क्षमतामा पु¥याएका अनेरास्ववियू र युवा संघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएको युथ फोर्स अखिल फोर्सको औचित्य के हो भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्–‘‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उदृत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । ’’

एमालेमा दुई धारमा विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओली निकट र नेता माधवकुमार नेपाल निकट नयाँ युवा संगठनहरु सक्रिया भएका छन् । ओली पक्षले युथ फोर्स व्युँताएका छन् भने नेपाल निकट अनेरास्ववियूले युथ फोर्स निर्माण गरेको छ ।

अनेरास्ववियू र युवा संघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्ने उनको तर्क छ । उनले युवा संघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथ फोर्स र अखिल फोर्सको ले मात्र गर्न सक्ने? भन्दै प्रश्न गरेका छन् । पञ्चायत अखिलले नै फाल्यो भन्दै २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग नै लडेको उनले उल्लेख गरेका छन् ।

पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो भन्दै समेत प्रश्न गर्दै आक्रोश पोखेका छन् । उनले लेखेका छन्–‘‘पार्टी भित्रका गुटहरुमा बैचारिक चरित्र संकिदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो? यदि हो भने हामी आुबली जत्था प्रयोग गर्न खोजेको हो? यदि हो भने हामी आफ्नो र कम्युनिष्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीरका गर्नुपर्दछ । शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानूनी राज्यलाई स्वाकार गर्ने फकमतलाई फक्रन दिने जस्ता विशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेको लागि यो सुहाउने काम होइन । ’’

नेता भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल समक्ष यस्ता गतिविधिमा रोक लगाउन अनुरोध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);