११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन

काठमाडौँ, १५ कात्तिक । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा देशभर वाम उम्मेदवारलाई जिताउन प्रचारप्रसार गर्ने उद्देश्यले वाम विद्यार्थी संगठनले निर्वाचन परिचालन कमिटी गठन गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आज बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरिएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बताइन् ।

दुवै संगठनबाट सन्तुलित प्रतिनिधित्व हुने गरी बनाइने सो कमिटीले वाम उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसार गर्ने अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए ।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई जिताउन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा निर्वाचन परिचालन कमिटी लाग्ने छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विजयी गराउन अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली खटिने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);