एमालेले निष्काशन गरेका राठौर काँग्रेसका प्रत्यक्ष उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कैलाली, १५ कार्तिक । नेकपा एमालेबाट निष्काशित गरिएको पुर्व सांसद र नेता मोहन सिंह राठौरलाई काँग्रेसले कैलाली क्षेत्र नं २ बाट उम्मेदवार बनाएको छ। उनी प्रतिनिधी सभातर्फबाट लड्ने भएका छन् ।

नेकपा एमालेले निवर्तमान सांसद मोहनसिंह राठौरलाई निष्काशित गरेको हो । पार्टीको हित विपरित काम गरेको भन्दै उनलाई एमालेले सदस्य सम्म नरहने गरि निष्कासन गरेको थियो।

पूर्व शिक्षा राज्यमन्त्री समेत रहेका राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांसदमा विजयी भएका थिए ।

उनी माथी आफ्नै एमाले पार्टीका उम्मेदवारलाई हराउने भुमिका खेलेको आरोप लागेको थियो । राठौर हिजोमात्रै काँग्रेस प्रवेश गरेका थिए । उनलाई क्षेत्र नं. २ बाट काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);