मन्त्रिपरिषद् बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् बैठक आज दिउँसो सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा संसद अधिवेशन आह्वान गर्नका लागि सिफरिस गर्ने तयारी रहेको बताइएको छ ।

गएको सोमबार असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै ७ दिनभित्र बैठक बस्ने गरी आह्वान गर्न फैसला गरेको थियो । सोही आदेशलाई कार्यान्वयन गर्न अधिवेशन आह्वानको तयारी गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच सदस्य मात्र रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);