बजेट अधिवेशनका लागि संसद भवनमा तयारी तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बजेट अधिवेशनका लागि संसद भवनमा तयारी तीब्र

samsad bhaban

काठमाडौं, १७ वैशाख । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ । बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्नुभएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम रहेको अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री ओलीले बैठक कक्षको अवलोकन गर्नुभएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो । प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिकिल्सिनासँगको परामर्शपछि बैठक कक्षको स्थलगत अवलोकन गर्नुभएको हो ।

बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोरोना भाइरस रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ । त्यसका लागि सांसदहरुलाई दुरी कायम गरेर बस्ने ब्यवस्था गरिएको छ ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । त्यसअघि राष्ट्रपति बिद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);