नेपाल र विप्लवबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

नेपाल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाललाई भेट्न विप्लव बिहीबार उनको कोटेश्वरस्थित निवासमा पुगेका हुन् । नेपालसँगको भेटमा विप्लवसँगै नेता धर्मेन्द्र बाँस्तोलसमेत उपस्थित छन् ।

नेपाल र विप्लवबीचको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत सहभागी भएका छन् । यसअघि विप्लव र बाँस्तोलाले बुधबार दाहाललाई पनि भेटवार्ता गरेका थिए ।

भेटमा पछिल्लो राजनीनिक घटनाक्रमका साथै शान्तिप्रक्रियामा आईसकेपछि पनि आफ्ना नेता कार्यकर्ताको रिहाई लगायतका माग पूरा नभएको सन्दर्भमा दाहालसँग छलफल गरेको बुझिएको छ ।

Leave a Reply