आदिकवि भानुभक्त भाषा र भावनात्मक एकतालाई जोड्ने सांस्कृतिक नायक : कुलपति उप्रेती | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आदिकवि भानुभक्त भाषा र भावनात्मक एकतालाई जोड्ने सांस्कृतिक नायक : कुलपति उप्रेती

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मंगलबार मनाइएको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा नेपाल पज्ञा– प्रतिष्ठानद्धारा आदिकविको व्यक्तित्व कृतित्व विषयक प्रवचन तथा रचना वाचन गरेर मनाइएको । प्रज्ञा भवन कमलादीमा रहेको आदिकवि आचार्यको शालिकमा माल्र्यापण गरी उनीप्रति श्रद्धासुमन समेत व्यक्त गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यस वर्ष भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गरी मनाउने योजना रहेको भएपनि कोभिड – १९ को संक्रमणको अवस्थाका कारण विशेष रुपमा मनाउन नसकिएपनि जनस्वास्थ्यको मापदण्ड पालना गरी भानु जयन्ती मनाइएको बताए । उनले आदिकवि भानुभक्त आचार्य नेपाली पहिचान, भाषा सम्बन्धि र भावनात्मक एकतालाई नेपालमा जोड्ने नायक रहनुभएको बताए ।

कुलपति उप्रेतीले भने – ‘भानु हाम्रो पहिचानसँग सम्बन्धित, भाषासँग सम्बन्धित र भावनात्मक एकतामा नेपाललाई जोड्ने सांस्कृतिक नायक हुनुहुन्छ । उहाँलाई हामीले सम्झने र उहाँलाई सम्झदैँ उहाँका प्रेरणा लिदैँ नेपाली वाङ्मय, नेपाली कला, साहित्य, संस्कृतिको प्रवद्र्धनका लागि सधैँ क्रियाशिल रहनुपर्छ ।’

नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनमा नेपाल प्रज्ञा–प्रतिष्ठान निरन्तर लागिरहेको र आगामी दिनमा पनि अझ प्रभावकारी किसिमले अगाडी बढ्ने कुलपति उप्रेतिले बताए ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।

Leave a Reply

ताजा समाचार