आदिकविको पूर्णकदको शालिकमा माल्यार्पण | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आदिकविको पूर्णकदको शालिकमा माल्यार्पण

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सो अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उहाँको स्मरण गरिएको छ । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रज्ञाञ्जली अर्पण गर्नुभएको थियो ।

सो अवसरमा व्राह्मण बटुकहरुले स्वस्तीवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गर्नुभएको थियो । लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);