एजेन्सी । दक्षिण अफ्रिकामा हिंसा चर्किएपछि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको छ ।
पूर्वराष्ट्रपति जेकब जुमा जेल परेसँगै उनको रिहाइको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा अपराधिक घटना बढेसँगै सेना परिचालन गरिएको हाे ।
जुमाका समर्थकहरुले विरोध प्रदर्शन गरिरहँदा ठाउँ- ठाउँमा पसलहरू लुटिएकाे र भवनहरूमा आगजनीकाे घटना बढिरहेकाे छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा सेना परिचालन गरिएको हाे ।
भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका जुमालाई गत २९ जुनमा १५ महिनाको जेल सजाय सुनाइएको थियो ।