बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन

एजेन्सी, १९ पुस ||
बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ । बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् । अक्टोबरको अन्त्यदेखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न र अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन दबाब दिन लगातार नाकाबन्दी र हड्तालहरू गर्दै आएका छन् । प्रधानमन्त्री शेख हसिनाले बारम्बार सत्ता त्याग गर्न विपक्षीको आह्वानलाई अस्वीकार गर्दै देशको आगामी राष्ट्रिय निर्वाचनलाई जनताको इच्छा झल्काउने गरी स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने आफ्नो वाचालाई दोहो¥याउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);