प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई रोकेकोमा सर्वोच्चलाई धन्यवादः नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई रोकेकोमा सर्वोच्चलाई धन्यवादः नेता भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता बावुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन एकपटक रोकेको भन्दै बधाई तथा धन्यवाद दिएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि भट्टराईले यस्तो टिप्पणी दिएका हुन् ।

उनले लेखेका छन् –खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनस् एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाइ र धन्यवाद ।

उनले आजको निर्णय पछि कुनै किन्तुपरन्तु गर्ने ठाउँ नभएको भन्दै संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार दिन पनि आह्वान गरेका छन् । साथै उनले प्रतिगमनकारीलाई दण्डित गर्न पनि आह्वान गरेका छन् ।

उनले लेखेका छन्–‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन। संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅस प्रतिगमनकारीलाई दण्डित गरौं ‘ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);