काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले देश अस्थिरतामा फस्ने खतरा भएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै थापाले सर्वोच्चको यो फैसलाले देश अस्थिरतामा फस्ने खतार भएको टिप्पणी गरेका हुन् ।
साथै थापाले यस फैसलालाई राजनीतिक फैसला भएको टिप्पणी गरेका छन् । सो फैसला कार्यान्वयनमा जटिलता हुने थापाको तर्क छ ।