एजेन्सी । जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएकाछन् ।
जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हँुदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।
यसैबीच वर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभुती प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।