मेलम्ची बजारलाई अन्यत्र ठाउँमा स्थानान्तरण गरिने प्रधानमन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेलम्ची बजारलाई अन्यत्र ठाउँमा स्थानान्तरण गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

सिन्धुपाल्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट प्रभावित भएको मेलम्ची बजारलाई अन्यत्र ठाउँमा स्थानान्तरण गरिने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक मेलम्चीको अुनुगमनमा पुगेका प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट प्रभावित भएको मेलम्चीको बस्तीलाई अन्यत्र ठाउँमा स्थानान्तरण गरिने बताएका हुन्। उनले प्रभावित भएको मेलम्ची क्षेत्रमा तरकारी तथा फलफूल खेती गर्न सकिने समेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले मेलम्ची प्राकृति विपद्को सिकार भएको भन्दै यस्तो समयमा राजनीतिक आस्था भन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल तथा विभिन्न संघसस्थालाई आग्रह गरेका छन् । उनले बाढी प्रभावितका लागि छुट्याएको राहत पीडित व्यक्ति सम्म नपुगेको भन्दै सम्बन्धित निकायको ध्यानकर्षण समेत गराएका छन्।

प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने आश्वासन दिएका छन्। सोही अवसरमा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको पुन निर्माण गरेर सकभर यहि वर्षसम्म पानी आउने व्यवस्था जिकिर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);