काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्स मार्फत नेपाललाई अनुदानमा दिन लागेको कोरोनाविरुद्धको खोप सोमबार नेपाल आईपुग्ने भएको छ ।
अमेरिकी सरकारले कोभ्याक्समार्फत नेपाललाई अनुदानमा दिन लागेको १५ लाख डोज खोज सोमबार बिहान नेपाल आईपुग्ने भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
अमेरिकाले कोभ्याक्स अन्र्तगत नेपाललाई जोन्सन एन्ड जोन्सन खोप पठाउन लागेको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ । हाल नेपालमा लगाउँदै आएका कोरोनाविरुद्धको खोप कोभिशिल्ड र भेरोसेल दुई दुई डोज लगाउनु पर्ने खोप हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गएको महिना कोभ्याक्समार्फत् नेपालसहित विभिन्न मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।