बसपार्क हटाएर सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

बसपार्क हटाएर सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

महानगरको यो निर्णयसंगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिबस्न पाउने छैनन् । साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो ।

अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दै आएका थिए । महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको महानगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

सापकोटाले यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिसंगको लामो छलफल पछि खुल्लामञ्चमा भएको बसपार्कलाई सिल्ड गरेको उल्लेख गर्दे मंगलबारको छलफलमा आरएनएसीको आसपास, न्युरोड गेट अगाडि र वीर अस्पतालको अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको जानकारी दिए ।

Leave a Reply

ताजा समाचार