एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १ सय ४८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ९ सय ७९ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म तीन लाख ९६ हजार ७ सय ३० संक्रमितको मृत्यु भईसकेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ५८ हजार ५ सय ७८ सहित भारतमा संक्रमणमुक्त हुनको जम्मा संख्या दुई करोड ९३ लाख ९ हजार ६ सय ७ पुगेको छ ।
भारतमा हाल पाँच लाख ७२ हजार ९ सय ९४ सक्रिय संक्रमित रहेका छन् ।
भारतमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३२ करोड ३६ लाख ६३ हजार नाघिसकेको छ ।




