काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा आज निर्णय गरिने भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले मोडालिटी परिवर्तन गर्ने सहमति गरिएको र यसको अन्तिम निर्णय आजको छलफलपछि हुने भएको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएका हुन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उनले बताए ।

उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/ डेढ हप्ता खोल्न नहुने सुझावहरु आएको उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);