कास्की । पोखरा महानगरपालिकाले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख आर्थिक सहयोग गर्ने भएको छ ।
पोखरा महानगरको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख सहयोग गरिने जानकारी गराएकी हुन् ।
असारको सुरुबाट नै बाढीले ठूलो क्षति पु¥याएको सिन्धुपाल्चोकको दुवै स्थानीय तहलाई १०–१० लाख सहयोग उपलब्ध गराईने उपप्रमुख गुरुङले बताईन् । यसअघि काठमाडौं महानगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग रकम उपलब्ध समेत गराईसकेको छ ।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ ।