नयाँ मुख्य सचिवको दौडमा तीनजना | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

नयाँ मुख्य सचिवको दौडमा तीनजना

काठमाडौँ, ६ कार्तिक । मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउने भए पछि सो पदका लागि तीन जना वरिष्ठ सचिव प्रतिस्पर्धामा छन्।

निजामति सेवाको सर्वोच्च पद मुख्य सचिव बन्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय, प्रधानमन्त्री कार्यालयकै अर्का सचिव शंकर अधिकारी र गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी प्रतिस्पर्धामा देखिएका छन्।

क्षेत्रीको अवकासपछि २४ औं मुख्य सचिव बन्न उपाध्याय, अधिकारी र रेग्मीबीच प्रतिस्पर्धा देखिएको हो। आजको नागरिक दैनिकमा खबर छ।