नेपाल प्रहरीमा १६ जना प्रहरी डिआईजीको सरुवा (पूर्णपाठसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपाल प्रहरीमा १६ जना प्रहरी डिआईजीको सरुवा (पूर्णपाठसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरेको छ। गृहमन्त्रालयले सोमबार एक बिज्ञप्ति सावर्जनिक गर्दे डिआईजीको सरुवाबारेमा जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।

उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी काठमाडौको रानीपोखरीमा सरुवा गरिएको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए। त्यस्तै , बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ बिज्ञप्तिको पूर्णपाठ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);