एजेन्सी । बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग भत्किदा त्यहाँ कार्यरत ५ मजदुरको मृत्यु भएको हो ।
दुर्घटनामा परेर अन्य नौ जना मजदुरहरु घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएको हो ।
घटनाको विषयलाई लिएर स्थानीय प्रशासनले छानविन गर्ने र घाइतेको उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने बताएको छ ।




