एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७ सय ५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ४७ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८५ हजार १ सय ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ९७ हजार ७ सय ४३ सहित भारतमा जम्मा २ करोड ८६ लाख ७८ हजार ३ सय ९० ले कोरोना जित्न सफल भएका छन् ।
हाल भारतमा ७ लाख ६० हजार १९ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २७ करोड २३ लाख ८८ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।