स्पेनमा अर्काेसातादेखि मास्क लगाउनु नपर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्पेनमा अर्काेसातादेखि मास्क लगाउनु नपर्ने

एजेन्सी । स्पेनमा अर्काेसातादेखि घरबाटबाहिर निस्किँदा मास्क लगाउनु नपर्ने भएको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने घोषणा गरेकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री सान्चेजल बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महत्वपूर्ण र बहुप्रतीक्षित घोषणा गरेका हुन् । उनले ४ करोड ७० लाख स्पेनीहरू माझ महत्वपूर्ण घोषणा गर्न चाहन्छु, भन्दै असाधारण मन्त्रिपरिषद्को बैठकबाट जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाइने उल्लेख गरे ।

यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने बाध्यता आउँदो सातादेखि हट्ने भएको छ । स्पेनमा गत वर्षदेखि नै मास्क अनिवार्य गरिएको थियो ।

कोराना महामारीको चरम संकटमा फसको स्पेन अहिले भने सामान्य अवस्थातर्फ फर्कदै गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);