एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ४ सय ८० नयाँ कोरोना संक्रमित थपिएका छन् ।
त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ८७ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ८३ हजार ४ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ८८ हजार ९ सय ७७ सहित भारतमा जम्मा २ करोड ८५ लाख ८० हजार ६ सय ४७ ले कोरोना जित्न सफल भएका छन् ।
हाल भारतमा ७ लाख ९८ हजार ६ सय ५६ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म २६ करोड ८९ लाख ६० हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।