काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै सो क्षेत्रका वाढी प्रभावितलाई दुई करोड रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
मेयर शाक्यका अनुसार सो रकम बाढी पीडितको राहत तथा उद्वारका लागि खर्च गरिने छ ।
मेलम्ची र हेलम्बुबाट नै काठमाडौंमा पानी आईरहेकाले यस्तो सहयोग गर्ने निर्णय भएको शाक्यले बताए ।
अविरल वर्षाका कारण इन्द्रावती नदीमा आएको बाढीका कारण मेचम्ची बजारका कयौं घरहरु डुवानमा परेका छन् सायौं स्थानीय विस्थापित भएका छन् ।