अफगानिस्तानमा तालिवानी विद्रोहीको आत्मघाती विस्फोट, १५ सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

काबुल, ५ कार्तिक । अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोट हुँदा १५ जना सैनिक अधिकृत मारिएका छन्। काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट हुँदा उनीहरु मारिएका हुन् । घटनामा चारजना घाइते भएका छन्।

क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट गराएको अफगान अधिकारीले जनाएका छन्। घटनाको जिम्मेवारी तालिवानले लिएको छ । पछिल्लो समय तालिवान विद्रोहीले सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन्।

२४ घण्टाको बीचमा भएको यो दोस्रो विस्फोट हो। यसअघि अफगानिस्तानको शिया मुश्लिम समुदायको मस्जिदमा गराईएको आत्मघाती बिस्फोटमा ६० जना मारिएका थिए । एजेन्सी