विश्वकप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैं | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

विश्वकप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैं

काठमाडौं। फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैं छ ।

नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं फर्किन लागेको हो । नेपालले कुवेतमा रहदा चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह ’बी’मा रहेको नेपालले ८ खेलमा ६ अंक जोडेको छ ।

नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

Leave a Reply