ललितपुर । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई छातीमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
एक सय २ वर्षका संस्कृति विद् जोशीलाई छाती पोल्ने तथा दुख्ने समस्या आएपछि गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।
हाल उनको ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचार भईरहेको छ । उनलाई निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ । यद्यपी उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।