अभिनेता विक्रम अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अभिनेता विक्रम अस्पताल भर्ना

मुम्बई।  हृदयघातको आशंकापछि साउथ अभिनेता चियान विक्रम अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको हो।

उनको स्वास्थ्यका बारेमा अनेक अड्कलबाजी गरिएको छ । यद्यपि उनलाई के भएको हो भन्ने बारेमा डाक्टर, अस्पताल या विक्रमको टिमको तर्फबाट आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन।

केहीले उनलाई केहीदिन देखि ज्वरो र छातीमा दुखाई भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);