नेकपा एमालेको आन्तरिक विवाद कहिले र कसरी मिल्छ अनिश्चित छ । प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष केपि शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान माधव नेपालले मान्नु भएन । पार्टीभित्र जारी अन्तर संघर्ष वार पारको निर्णय लिन नसक्ने अबस्थामा रहेको नेपाल समूहले केन्द्रदेखि प्रदेशसम्म एमाले नेतृत्वको सरकार विरुद्ध विपक्षी गठन्नलाई साथ दिइरहेको छ । यस्तो अबस्थमा एमाले भित्र अन्र्तर संघर्ष चलिरहेको छ वा एमालेको आन्तरिक राजनीति विपक्षीको पोल्टामा पुगेको हो ? पार्टी भित्र संवाद नगरेर विपक्षी दलहरुसँगको साँठगाँठले एमालेकै नेताहरुलाई अलमलमा राखेको छ ।
सत्तारुढ नेकपा एमाले भित्र यतिबेला बिद्रोहको राजनीति हाबी देखिन्छ । माधव नेपाल समुह जसरी पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने र गलाउने खेलमा लागेको देखिन्छ । यसका लागि खासगरि नेपाल समूह जुन सुकै हत्कण्डा प्रयोग गर्न पछि नपर्ने रणनीतिमा छ ।
नेपाल समूह, प्रत्यक्ष वा छद्म रुपमा संबिधानका लुपहोलसहरुको सहारा लिदै, कानुनी तथा बिद्रोही दुवै प्रकारका रणनीतिहरु अबलम्बन गर्दै पार्टीमा आफ्नो बर्चश्व कायम गर्न कुनै कसर बाँकि नराख्ने सोचमा छ । नीति र पद्दति कुल्चीदै बिपक्षी दलहरुको गोटी बनेको नेपाल समूह संघ देखि प्रदेश सम्म एमालेलाई हराएरै भएपनि आफ्नै पार्टीको अनिस्टमा रमाइरहेको छ ।
नेपालका राजनीतिक दलहरु कुनै न कुनै प्रकारको आन्तरिक विवादमा छन् । प्राय जसो दलहरुले आन्तरिक विवाद पार्टीभित्रै मिलाउने गरेकाछन । कुरै मिलेन भने राजनीतिक पार्टी नै अलग गर्छन । तर एमाले भित्र मतभेदमा रहेकाहरुले वार र पारको संघर्षका लागि आँट र हिम्मत देखाउन सकेका छैनन । उनीहरुले केवल पार्टी भित्रै विद्रोहीको भुमिका निर्वाह गरिरहेका छन् ।
एमालेबाट अलग भई छुटृै पार्टी गठन गरे राजनीतिक राजनीतिक भविष्य नै जोखिममा पर्ने कुरा राम्रो संग बुझेको यो समूह जसरी पनि सस्थापन पक्षलाई गलाएर आफ्नो स्थान सुरक्षित गर्ने सोचमा रहेको छ । यस प्रकारको अभियान ले संस्थापन पक्ष मात्र गल्ने हो वा आफु र सिंगो पार्टी नै समाप्त हुने हो भन्ने विषय को गम्भिरतालाई मनन गर्न सकेको छैन ।
आफुलाई नभए, कसैलाई पनि नहोस भन्ने सोच राजनीतिक विचार हुनै सक्दैन । कुनैपनि हालतमा आफु र आफ्नो गुट प्रभावाशाली हुनुपर्छ भन्ने सोच ले न पार्टी बन्छ, न नेता नै । कोहिपनि व्यक्ति पद्दति विना पार्टीमा हावी हुनु भनेको अधिनायक बादी सोचको पराकाष्ठ हो । आफुले महाधिबेसन हारिसकेपछि अर्को महाधिवेशन सम्म निर्वाचितलाई काम गर्न नदिने हो भने पार्टी पद्धती र महाधिवेशनको कुनै अर्थ रहदैन ।
महाधिवेशनमा हार्ने समुहले समानन्तर संगठन बनाउदै हिड्ने काम सर्बथा प्रजातान्त्रिक हुन सक्दैन । महाधिवेशनमा जित्ने नेताले गलत गरेमा पार्टी भित्रै अन्तर संघर्ष चलाउन सकिन्छ । अल्पमत बहुमतमा जान सकिन्छ । कानुन को सहारा लिन सकिन्छ । तर समानन्तर संगठन को निर्माण गर्दै विपक्षी दलहरुलाई सहयोग गरि आफ्नो पार्टीको अहित गर्न मिल्दैन ।
त्यसो त नेपालका सबै पार्टीहरुमा जित्नेले निर्धक्क आफ्नो कार्यकाल काम गर्न पाउनु पर्ने न्युनतम राजनीतिक सस्कार देखिदैन । चुनाब हार्नेलाई जसरि पनि समेट्नुपर्ने बाध्यता जित्ने को अगाडी तेर्सिन्छ । अनि सुरु देखिनै कार्यसमिति हरु हरुवा पक्षले भरिभराउ हुन्छन । त्यसपछि सुरु हुने बखेडाले सिंगो पार्टी पंक्तिलाई नै अकर्मण्य बनाइदिन्छ । यस्तो पद्धती र सस्कारबाट सबै पक्ष मुक्त हुनु जरुरी छ ।
यतिबेला एमाले भित्र को बिद्रोही संघर्षले स्वयम बिद्रोह मा लागेका नेताहरु को बौद्दिक र नेतृत्व छक्षमता माथि समेत गम्भीर प्रस्न खडा गरिदिएको छ । पार्टी राजनीति र संघर्ष को इतिहास को अनेकौ बखान गरेर नथाक्ने हरु को यो हर्कत देख्दा स्वयम पार्टी पंक्ति र आम जनमनासले बिगतमा पार्टी र देसको नेतृत्व गर्नेहरुको हबिगत देखेर कस्तो धारणा बनाए होलान, सोचनीय विषय छ ।
अचम्म त के छ भने, आफुलाई प्रजातन्त्र र बहुदल को हिमायती ठान्ने पार्टी नेपाली काँग्रेस स्वयम यस्तो बिकृति र विसंगति को बाताबरण लाई मलजल गरिरहेको छ । पुराना निष्ठावान व्यक्ति हरु को अभाब संगै नेपाली काँग्रेस पनि गम्भीर बिचलन को मार्ग मा देखिन्छ । अनि जस्तो सुकै बाटो बाट पनि कांग्रेस सत्ता रोहण को प्रतिक्षामा मा देखिन्छ । त्यसो त सत्ता पक्षका कमी कमजोरी खोजनु खोज्नु प्रतिपक्षको को स्वभाविक अभिलाषा नै हो ।
बिद्रोह गरेर अरुलाई हराउन सकिएला, गलाउन पनि सकिएला तर जित्न सकिदैन । यो बास्तबिकता एमाले बिद्रोही खेमाले बुझ्नु जरुरत छ । पार्टी अध्यक्ष को हरेक आह्वान लाई संका गर्दै बिपक्षीको शरणमा जादा कतै स्वयम बिपक्षीको सिकार त बनिने होइन भन्ने गम्भीर हेक्का राख्न ढिला गर्नु हुदैन । सस्थापन पक्षले असन्तुष्टहरुलाई पनि खुल्ला दिलले समेट्न सक्नु पर्छ । तर हरेक आह्वान लाई कमजोरीको रुपमा मात्र बुझने अनि त्यसको प्रतिवाद गर्दै क्रान्तिकारी पन देखाउन खोज्ने प्रबृत्ति लाई सधै सहेर पनि पार्टी अगाडी बढ्न सक्दैन । सामग्रमा जतिसक्दो छिटो बिकृति राजनीति ले निकास पाउन जरुरी छ । देस ले ठुलो संकट भोगिरहेको छ, सबैको प्रयास ले मात्र संकट निवारण हुनसक्छ ।