एमाले कार्यदल बैठकमा भीम आचार्यको इन्ट्री | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

एमाले कार्यदल बैठकमा भीम आचार्यको इन्ट्री

काठमाडौँ। एमाले भित्र देखिएको तिव्र विवाद निरुपनका लागि भन्दै अनौपचारिक वार्तामा पहिलोपटक भीम आचार्यको इन्ट्री भएको छ। माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा पार्टी एकताका गर्नमा जोड दिंदै आएका भीम आचार्य अनौपचारिक वार्तामा जोडिएका हुन्।

कार्यदलका नेता भीम रावल कारवाहीमा परेपछि कार्यदलको औपचारिक बैठक भने लामो समयदेखि स्थगित रहदै आएको थियो । सो्रतका अनुसार ललितपुरको समिट होटलमा मंगलबार जारी बैठक अनौपचारिक रुपमै चलिरहेको छ । वार्तामा अध्यक्ष आली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने नेपाल पक्षबाट भीम आर्चाय, गोकर्ण विष्ट, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले यसअघि नै अश्वीकार गर्दे सोमबार लिखित जवाफ समेत फिता गरिसकेको छ ।

Leave a Reply