एजेन्सी । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा अष्ट्रेलियाले लगातार छैटौं जित निकालेको छ ।
कुवेतमा सोमबार राति भएको खेलमा चाईनिज ताईपेलाई ५–१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले फराकिलो जित निकालेको हो ।
अष्ट्रेलियाको जितमा मिचेल डुकले दुई गोल गरे भने ह्यारी साउटर, जेमी म्याकक्लेरन र ट्रेन्ट सैन्सबरीले एक एक गोल गरे । ताईपेका लागि वि जी गोआले एक गोल फर्काए ।
जितसँगै समूह बी को अष्ट्रेलियाले ६ खेलमा १८ अंक जोड्दै अष्ट्रेलिया शीर्ष स्थानमा यथावत रहेको छ । ताईपे तालिकाको पुछारमा रहेको छ ।