सप्तरीमा नरिवलको रुखबाट खसी एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

सप्तरीमा नरिवलको रुखबाट खसी एकको मृत्यु

death

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालीका ११ मा नरिवल टिपनको लागी चढेको एक पुरुषको नरिवलको रुख बाट खसी मृत्यु भएको छ।

२०७८ जेठ २४ गत्ते सप्तरी कञ्चनरुप नगरपालीका ३ निवासी ५० बर्षीय सतो खंग खत्वे कञ्चनरुप नगरपालीका ११ गोरपरका कुशुमलाल साहको नरिवलको रुखमा नरिवल टिपनको लागी चढेको रुखबाट खसी गम्भिर घाईते भई खत्वे लाई उपचारको लागी अस्पताल तर्फ लाने क्रममा बाटोमै मृत्यु भएको थिए।

मृतकका शव पोस्टमार्टम को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको छ भने घटना बारे थप अनुसन्धान कार्यभई रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply