'ब्लडमनी' को अभावमा मृत्यु कुर्दै साउदीको जेलमा नेपाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २ कार्तिक । झण्डै साढे तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका नवलपरासीको मध्यविन्दु नगरपालिका-४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ।

भुसाललाई मुक्त गराउन डेढ लाख साउदी रियल लाग्ने भएको छ। उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनुपर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेका छैनन्। त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ।

प्रवासी मञ्चको सहयोगमा काठमाडौं र साउदीमा पनि रकम संकलन जारी छ। सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म रु २१ हजार २०० संकलन भएको सामी मनोसमाजिक परामर्शकर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);