यूरोप महिला सह-संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २७ असोज । गैर आवासीय नेपाली संघ एन.आर.एन.को आठौं विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी अभिनेत्री वर्षा खड्काले यूरोपका लागि महिला सह-संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एन.आर.एन.को सम्मेलनमा भाग लिन आएकी हुन् । एनआरएनको सम्मेलन काठमाडौंमा शनिबारदेखि सुरु भएको छ । यूरोप महिला सह-संयोजक उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री खड्काले भनिन् साथीहरूको सल्लाहमा उम्मेदवारी दिने तयारी गरेकी छु । सबैको साथ पाए भने ।

तपाईंको उम्मेदवारी किन ? भन्ने जिज्ञासामा खड्काले भनिन् यूरोपमा बसोबास गर्नु हुने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा रहेको छ । हुन त पदमा नरहँदा पनि काम गर्दै आएकी छु । पदमा बसेर झन जिम्मेवारीका साथ काम गर्ने इच्छा छ । सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रका साथै निर्वाचन कार्यक्रमहरू हुने छन् ।

भोलि सोमबार नयाँ अध्यक्षसहित पदाधिकारीहरूमा मतदान हुने कार्यक्रम रहेको छ । यसपटक एन.आर.एन. अध्यक्षमा भवन भट्ट, जमुना घले र टिबी कार्कीलेउम्मेदवारी घोषणा गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);