शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकममा नयाँ रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

शेयर बजारमा नेप्से परिसूचक र कारोबार रकममा नयाँ रेकर्ड कायम

stock-nepse-market

काठमाडौं । शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आइतबारको रेकर्ड तोड्दै बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बुधबार दोहोरो अंकको सुधार आएको शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन परिसुचकमा ऐतिहासिक रेकर्ड कायम भयो ।

बिहीबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेको छ । बिहीबार कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।

विकास बैंक समुह सबैभन्दा उच्च १ सय ४६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समूह १ सय १७ अंकले उकालो लाग्यो । वाणिज्य बैंक, उत्पादनमुलक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लाग्दा जलविद्युत, निर्जिवन र अन्य समुह दोहोरै अंकले ओरालो लागे ।

९९ कम्पनीको शेयर मुल्य बढ्दा ८१ कम्पनीको शेयर मुल्य घटेको बिहीबार मन्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा पन्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि गुमायो । यसदिन १६ अर्ब ९० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);