पोखरा । कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ गते राती १२ बजेदेखि लागु हुनेगरी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
औषधि तथा अन्य सामग्रीका पसलहरु भने चौबीसै घण्टा खुला रहने विज्ञप्ति पत्रमार्फत जानकारी गराइएको छ भने अतिआवश्यक खाद्य सामग्री खरिद गर्नका लागि पहिलेकै जस्तो बिहान ५ देखि ९ बजेसम्म लागि पसलहरू खुला गरिएको छ ।
सवारी साधनलाई भने पहिलेको जस्तै गरी पूर्णरूपमा रोक लगाइएको छ र होटल , लज , रेष्टुरेन्ट , विद्यालय हरु भौतिकरुपमा सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ।
त्यस्तै उल्लेखित आदेशको अवज्ञा गरी कार्य गरे गराइएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८, संक्रमण रोग ऐन ,२०२०, कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ एवं अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमार्फत सबैमा जानकारी गराइएको छ।