पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत

पाल्पा । पाल्पा अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले थप तीन करोड रूपियाँ स्वीकृत गरेको छ ।

अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थमन्त्रालयले बजेट स्वीकृत गरेको जनाएको छ ।

कोभिड–१९ कारण गम्भीर बिरामीको उपचारका लागि आइसीयु र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयले बजेट पठाएको हो । जिल्लामा कोरोना प्रभावितहरुका लागि आवश्यक उपचार कक्ष नहुँदा समस्या हुँदैं आएको छ ।

पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले आइसीयु कक्ष आबश्यक रहेको भनि मन्त्रालयमा माग गरेअनुसार बजेट विनियोजन भएको बताए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अक्सिजन प्लान्ट निर्माणका लागि पाल्पा अस्पतालको मागका आधारमा १ करोड ५० लाख बजेट स्वीकृत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);