डोटी। समयमै बर्षात भएसँगै डोटीमा रोपाइँ सुरु भएको छ ।
कोरोना महामारीको कारण ग्रामीण क्षेत्र सुनसान भएपनि पानी पर्न थालेसँगै किसानहरुले रोपाई सुरु गरेका हुन् ।
डोटीको के आइसिह गाउँपालिका, बडिकेदार गाउँपालिका लगायतमा रोपाइँ सुरु भएको छ । निरन्तरको वर्षाले समयमै रोपाई सुरु गर्न पाएपछि डोटीका कृषक पनि हर्षित बनेका छन् ।
वर्षात सधै किसानले अन्य बाली मकै, कोदो, धान र अदुवा समेत लगाउन थालेका छन् । यतिबेला खडेरीले सुख्खा देखिएका डोटीका डाँडापाखा खेतबारी हरियाली देखिन थालेका छन् ।