एजेन्सी । घरेलु टिम बंगलादेशले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
मंगलबार ढाकामा भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा १ सय ३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
बंगलादेशले दिएको २ सय ४७ रनकोया लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो । र डीएलको आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका दनुश्का गुनाथिलकाले सर्वाधिक २४ रन बनाए । पथुम निशान्काले २० तथा इशुरु उडानाले अविजित १८ रन बनाए । बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३÷३ विकेट लिए । शकिब अल हसनले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय २५ रनको शतकीय इनिङ्स खेले ।
यस्तै महमुदउल्लाहले ४१, लिटोन दासले २५, कप्तान तमिम इकबाल १३ रन बनाए भने शकिब अल हसन सुन्य रनमा आउट भए । श्रीलंकाका लागि लक्षण सन्दुकन र दुश्मन्था चामिराले ३÷३ तथा इशुरु उडानाले २ विकेट लिए । जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।