काठमाडौं । धादिङ, निलकण्ठ नगरपालिका(८ अमरावतीस्थित दिदीको घरमा बस्दै आएका सोही नगरपालिका(४ पौवा घर भएका ४२ वर्षीय श्याम प्रसाद ओस्तीको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित गिहरीको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका(१५ स्थित रामपुर कृषि क्याम्पसभित्र भवनमा वल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही महानगरपालिका(१७ सौगात चोक डेरा गरी बस्ने भारत घर भएका १९ वर्षीय सुधिर दासको आइतबार साँझ मृत्यु भएको छ । ट्रस लगाउने क्रममा वल्डिङ गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा, अर्जुनधारा नगरपालिका(११ स्थित रेखा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने धनेन्द्र तामाङको आइतबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकसँग माछा मार्न गएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार २ जनाको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।