बाँके । बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा अक्सिजन प्लान्ट र पाईप लाईन विस्तारको काम अघि बढेको छ । सरकारले भेरी अस्पताल नेपालगन्जलाई अक्सिजन प्लान्ट, अक्सिजन टयांक र अक्सिजन पाईप लाईन विस्तारका लागी १५ करोड रुपैया विनियोजन गरेपछी काम अघि बढेको हो ।